प्रथम बीमा शुल्कः ८ वटा जीवन बीमा कम्पनी १ अर्ब क्लबमा प्रतिस्पर्धा गर्दै, नेपाल लाइफको साढे ३ अर्ब पुग्दा नेशनलको २.२१ अर्ब « Arthapath.com
२ फाल्गुन २०७८, सोमबार

प्रथम बीमा शुल्कः ८ वटा जीवन बीमा कम्पनी १ अर्ब क्लबमा प्रतिस्पर्धा गर्दै, नेपाल लाइफको साढे ३ अर्ब पुग्दा नेशनलको २.२१ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै अग्रस्थानाम रहेको छ । नेपाल लाइफले ३ अर्ब ४१ करोड २५ लाख ६१ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब २१ करोड ४४ लाख ५३ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ४४ करोड ६२ लाख ९६ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ३६ करोड ७३ लाख २१ हजार रुपैयाँ, युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ३५ करोड ३४ लाख १० हजार रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब २८ करोड ९६ लाख ४८ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पारेशनले १ अर्ब २७ करोड ८० लाख २७ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ६ करोड २४ लाख ६४ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यता पौष महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ४ अर्ब २२ करोड ७१ लाख ८७ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्