नेपाल इन्स्योरेन्सको नाफा १.१२ प्रतिशत बढ्यो, ईपीएस सामान्य घट्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १.१२ प्रतिशत बढेर १० करोड ३८ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १० करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.१२ प्रतिशत बढेर ४३ करोड ५५ लाख ४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ९० लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २४.६५ प्रतिशत बढेर ९ करोड ७८ लाख ३२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८४ लाख ८० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ८ प्रतिशत बढेर १ अर्ब २४ करोड २३ लाख ३९ हजार रुपैयाँ, जगेडा कोष १६.१३ प्रतिशत बढेर ४५ करोड ३२ लाख ३२ हजार रुपैयाँ र बीमा कोष ३०.९२ प्रतिशत बढेर ६१ करोड ९८ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १४ पैसा घटेर १६ रुपैयाँ ७१ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८५ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ३८ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ५२.७१ गुणा रहेको छ ।
गत आर्थिक बर्षको यस अवधिमा १ करोड २० लाख ८३ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको कम्पनीले चालु आवमा भने १ करोड ८ लाख ६८ हजार रुपैयाँ मात्रै दिएको छ । समिक्षा अवधिमा कम्पनीको ५ हजार ५७ वटा दाबी वापत १ अर्ब ३२ करोड ४३ लाख ४१ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले कुल बीमा शुल्क ७८ करोड ६५ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ भने कुल दाबी भुक्तानी १६ करोड ७७ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६४ करोड ३३ लाख ४० हजार रुपैयाँ रहेको थियो भने कुल दाबी भुक्तानी २१ करोड ५८ लाख १९ हजार रुपैयाँ गरेको थियो ।