२० प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको हो । कम्पनीको वार्षिक साधारण सभा केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा वेबिनार मार्फत बिहान १०ः३० बजेबाट शुरु हुनेछ ।
कम्पनीको सभाले शेयरधनीहरुलाई लाभांश वितराण् गर्ने प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यस्तै, सभाले अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउने प्स्ताव पनि पारित गर्नेछ । साथै संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।