अजोड इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

अजोड इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैंकले वार्षिक साधारण सभा फागुन ६ गते बोलाएको थियो । कम्पनीको चौंथो वार्षिक साधारण सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसीसी, त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।

कम्पनीको सभाले संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै लेखा परिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्