नेपाल लाइफ, कोटेश्वर शाखाबाट दिपक थापा लगातार २ वर्ष एमडिआरटी बने

काठमाडौं । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल(एडिआरटी (MILLION DOLLAR ROUND TABLE (MDRT)) अन्तर्गत दोस्रो तह COURT OF THE TABLE मा २०२०–२०२१ र २०२१–२०२२ मा लगातार दुई वर्ष नेपाल लाइफ, कोटेश्वरबाट दिपक थापा योग्य भएका छन् ।
उक्त सफलता प्राप्त गरेकोमा नेपाल लाइफ, कोटेश्वर शाखाले उनलाई सम्मान तथा शुभकामना दिएको छ ।
फागनु ११ गते बुधवार नेपाल लाइफ, कोटेश्वर शाखाले एक कार्यक्रम आयोजना गरी शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधरले दिपक थापा जीवन बीमा व्यवसायमा अति लगनशील भई नेपाल लाइफ, कोटेश्वरबाट २०२०-२०२१ मा १६ औं स्थान र २०२१-२०२२ मा ५ औं स्थानमा रहेको जानकारी गराउदै २०२२-२०२३ मा ह्याट्रिक गर्न अग्रिम शुभकामना पनि दिए ।
उक्त कार्यक्रममा अनुज कुमार झा (वरिष्ठ सहायक), प्रियंका कार्की (सहायक) कर्मचारीका साथै गोविन्द प्रसाद भट्टराई (वरिष्ठ एजेन्सी म्यानेजर), रुपक न्यौपाने (एजेन्सी म्यानेजर) र जानुका कार्की (एजेन्सी म्यानेजर) हरुले पनि बधाई तथा शुभकामना दिएका छन ।