नेपाल लाइफमा कर्मचारी आवश्यकता, आवेदन दिने तरिकासहित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो ।
इन्स्योरेन्स कम्पनीले चिफ इन्भेष्टमेन्ट अफिसर, चिफ अल्टरनेट सेल्स, रिइन्स्योरेन्स डिपार्टमेन्ट, एजेन्सी ट्रेनिङ हेड, रिजनल तथा ब्रान्च म्यानेजर, सीईओ अफिसका लागि अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन २२ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको वेभसाइट https://nepallife.com.np/en/career मा गएर आवृदन दिन सकिन्छ ।
