१०.५३ प्रतिशत लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारण सभा चैत १७ गते, बिहान १०ः३० बजे, आम्रपाली ब्याङ्केट, बालुवाटारमा बोलाएको हो ।
इन्स्योरेन्सकेका सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशत अर्थात १२ करोड ६ लाख रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत अर्थात ६३ लाख ४७ हजार रुपैयाँ नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर वितरण पशचात चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्नेछ ।
साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षको प्रतिवेदनसहतिको लेखापरीक्षण गरिएको २०७८ साल अषाढ मसान्तसम्मको वासलात, आर्थिक बर्ष २०७७–७ड को नाफा–नोक्सान हिसाव र नगद प्रवाह तथा सोसँग सम्वन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, र आर्थिक बर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने छ ।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनार्थ चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत २ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै कम्पनीको साधारण सभामा सहभागीता तथा लाभांश प्राप्त गर्नेछन् ।
