नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले सपथ लिईन् « Arthapath.com
२ चैत्र २०७८, बुधबार

नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले सपथ लिईन्



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले सपथ लिएकी छिन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीका अध्यक्ष सिंहलाई बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५ अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको फागुन २९ गते सम्पन्न ३३ औं वार्षिक साधारण सभाले संचालक समितिको पूर्नगठन गरेको थियो । जसमा सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिईन् । बीमा समितिको अध्यक्षले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।

कम्पनीको ३३ औं वार्षिक साधारण सभाबाट ५ जना संचलक निर्वाचित भएका थिए । संस्थापक समूह र ‘क’ समूहबाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका हुन् । त्यस्तै, सर्वसाधारण ‘ख’ समूहबाट भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्