सिटिजन लाइफद्वरा एकै दिन १ हजा ८ सय विद्यार्थीलाई बीमा शिक्षा

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले प्रदेश न ३, ४ र ५ का बिभिन्न स्कुल कलेजका करिव १ हजार ८ सय विद्यार्थीलाई ‘विद्यार्थी संग बीमा’ कार्यक्रम संचालन गरेको छ ।
आजका विद्यार्थी भोलिका कर्णधार हुन उनिहरुले बिमा बारे ज्ञान हासिल गरेमा उनीहरुको आकर्षण बढ्ने र दिर्घकालिन रुपमा जनशक्ति अभावलाई पुर्ति गर्न कोशेढुङ्गा साबित हुने भएकाले बीमाबारे उनीहरु प्रस्ट हुँदा आफ्नो परिवार समाजलाई बुझाउन सक्ने र बीमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले कार्यक्रम आयेजना गरिएको हो ।
‘विद्यार्थीसंग बीमा’ कार्यक्रमले देशब्यापि रुपमा निकै चर्चा बटुलेको कम्पनीले जनाएको छ । यसअघि पनि सिटिजन लाइफले यो जागरण अभियानलाई निरन्तर रुपमा गर्दै आइरहेकोमा एकै दिन २० वटा कलेजमा अभियान संचालन गरेको भने यो पहिलो पटक हो ।
समृद्ध तपाईको साथ हाम्रो भन्ने मुल नारा सहित सफल लगानिकर्ता, दुरदर्शि एवम् दक्ष म्यानेजमेन्ट टिम, राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाउनु भएका ब्राण्डएम्बास्डर महजोडी, नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बिमा योजनाहरु, २० घातक रोगमा ५० लाख सम्मको उपचार खर्च, सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायत का कार्यक्रम हरु ले कम्पनिको पहिचान पृथक बनाउनुको साथै आम सर्वसाधारणले समेत खुलेर प्रशंसा गरिरहेका छ्न् ।
ब्यवसायिकतामा समेत अब्बल प्रदर्शन गर्दै कम्पनिले यस आर्थिक बर्षको माघ सम्म आइपुग्दा १९ वटै कम्पनिमा आफुलाई टप ३ मा उभ्याउन सफल भएको छ । भोलिका दिनहरुमा समाजलाई बिमा सम्बन्धि सकारात्मक प्रभाव पार्ने थप नविनतम कार्यक्रम हरु गर्ने कम्पनिको योजना रहेको छ ।