सिटिजन लाइफको प्रिमियम भुक्तानी खल्तीबाट

काठमाडौं । ‘खल्ती’ एपले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ । अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सकिने भएको छ ।
यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेको बताए । उनीहरुको समय र पैसा दुवै बचत गर्न सकिने उनले बताए ।
५ हजार रुपैयाँ प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने छ ।