प्रत्येक ४/४ वर्षमा पैसा फिर्ता हुने सानिमा लाइफको ‘धनपति बीमा योजना’ « Arthapath.com
७ चैत्र २०७८, सोमबार

प्रत्येक ४/४ वर्षमा पैसा फिर्ता हुने सानिमा लाइफको ‘धनपति बीमा योजना’



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले धनपती बीमा योजना ल्याएको छ । प्रत्येक ४÷४ वर्षमा पैसा फिर्ता हुने यो बीमा योजनामा सर्वसाधारणको निक्कै आकर्षण देखिएको छ ।

११ वर्षदेखी ७० वर्ष उमेरका मानिसले यो बीमा योजनामा सहभागी हुन सक्नेछन् । यो बीमा अवधी १२, १५ र २० वर्षको हुने कम्पननीले जनाएको छ । १२ वर्षे अवधीको लागी बीमांकको पहिलो ४ वर्षमा २५ प्रतिसत, दोस्रो ८ वर्षमा २५ प्रतिसत र पछिल्लो १२ वर्षमा ५० प्रतिसत र बोनस फिर्ता पाइने व्यवस्था रहेको छ ।

त्यस्तै १५ वर्षेमा बीमांकको पहिलो ५ वर्षमा २५ प्रतिसत, दास्रो १० वर्षमा २५ प्रतिसत र अन्तिम १५ वर्षमा ५० प्रतिसत र बोन पाइनेछ । त्यस्तै २० वर्षे अवधीमा बीमांकको पहिलो ५ वर्षमा २० प्रतिसत, दोस्रो १० वर्षमा २० प्रतिसत, तेस्रो ५ वर्षमा २० प्रतिसत र अन्तिम २० वर्ष अवधीमा ४० प्रतिसत र बोनस पाइने छ ।

न्यूनतम बीमांक ५० हजारदेखी सुरु हुने यस योजनामा अधिकतम आयस्रोतको आधारमा पोलिसी किन्न सकिने कम्पनीले जनाएको छ । यस योजनामा अतिरिक्त बीमा शुल्क तिरेर दुर्घटना मृत्यूलाभ सुविधा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्