नेको इन्स्योरेन्सले साधारण सभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित पश्चात शेयरधनी मालामाल

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको २६ औँ वार्षिक साधारण सभा आज (चैत ९ गते बुधबार) केन्द्रिय कार्यालय बीमा भवन, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।
इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । साथै आर्थिक बर्ष २०७८–७९ को लागि लेखापरीक्षकको लागि साविककै लेखापरीक्षक केएमयू एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्टस् लाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।