रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितलाई ७० रुपैयाँसम्म बोनस दिने « Arthapath.com
११ चैत्र २०७८, शुक्रबार

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितलाई ७० रुपैयाँसम्म बोनस दिने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–७७ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६–२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको चैत ६ गते स्वीकृत भएको पत्र मार्फत कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

इन्स्योरेन्स कम्पनीले रिलायबल सावधिक जीवन बीमा योजनामा न्युनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस प्रदान गर्ने भएको छ । कम्पनीको रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर तोकिएको छ ।

इन्स्योरेन्स कम्पनीले रिलायबल लघु सावधिक जीवन बीमा योजनामा सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, बीमा सिमित लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर तोकेको छ ।

रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनामा सबै बीमा अवधिहरुको लागि १३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, रिलायबल सुलभ जीवन बीमालेख योजनामा ५ बर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रत् िहजार २५ रुपैयाँ, १५ बर्षदेखि १९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३७ रुपैयाँ ५ पैसा बोनसदर निर्धारण गरिएको छ ।

त्यसैगरी, रिलायबल उच्च शिक्षा योजना (बाल बच्चाको सावाधिक बीमालेख) योजनामा ५ बर्षदेखि १४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ, १५ बर्षदेखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर तोकिएको छ ।

त्यस्तै, सावाधिक तथा आजीवन बीमा योजनामा सबै बीमा अवधिहरुका लागि ३० रुपैयाँ बोनसदर तोकिएको छ ।
त्यस्तै, रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०, १२ र १४ वर्षसम्म अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १६, १८ र २० वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

यता रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रतिहजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको हो ।

उक्त बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमा लेखमा समेत लागू हुने छ । साथै अर्काे बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्