महालक्ष्मी लाईफको २०७९ सालको क्यालेन्डर सार्वजनिक « Arthapath.com
१४ चैत्र २०७८, सोमबार

महालक्ष्मी लाईफको २०७९ सालको क्यालेन्डर सार्वजनिक



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत्र १३ गते प्रधान कार्यलायमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन् ।

प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो ।

कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा(उपशाखा संचालनमा रहेको छ भने तिन वर्षको अवधिमा कम्पनीले ३ अर्ब भन्दा बढी प्रिमियम संकलन गरिसकेको छ ।

कम्पनीले आउने आषाढ भित्र चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई विक्रि गर्ने गरी तयारी गरिरहेको जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्