७.३६८ प्रतिशत लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सको सभा बैशाख ११ गते, बुक क्लोज कहिले ? « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

७.३६८ प्रतिशत लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सको सभा बैशाख ११ गते, बुक क्लोज कहिले ?



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा २०७९ बैशाख ११ गते दियालो लर्डस पर्सा, वीरगञ्जमा दिँउसा १२ः३० बजे बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत्र २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत्र २३ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् भने साधारण सभामा सहभागीता जनाउन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्