नेप्सेमा प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

नेप्सेमा प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको ११ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ७४३ रूपैयाँ २४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्यका आधारमा कम्पनीको कारोबार हुनेछ ।

नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य ८२५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्