एनएलजी इन्स्योरेन्सका शेयरधनी मालामाल « Arthapath.com
१७ चैत्र २०७८, बिहीबार

एनएलजी इन्स्योरेन्सका शेयरधनी मालामाल



काठमाडौं । एनएलजी इन्स्योरेन्सको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशत अर्थात १२ करोड ६ लाख रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत अर्थात ६३ लाख ४७ हजार रुपैयाँ नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको छ । साथै, इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर वितरण पशचात चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदनसहतिको लेखापरीक्षण गरिएको २०७८ साल अषाढ मसान्तसम्मको वासलात, आर्थिक बर्ष २०७७–७८ को नाफा–नोक्सान हिसाव र नगद प्रवाह तथा सोसँग सम्वन्धित अनुसूचीहरु र आर्थिक बर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

एनएलजी इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाल वाग्लेले बीमाशुल्क बढाउने विषयलाई मनन गर्दै आगामी दिनमा बीमा ब्यवसायका साथै बीमाशुल्क र लाभांश बृद्धि गर्दै लैजाने बताए ।


प्रतिक्रिया दिनुहोस्