७ प्रतिशत बोनस पाउन आज नै शेयरधनी बन्नुपर्ने « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

७ प्रतिशत बोनस पाउन आज नै शेयरधनी बन्नुपर्ने



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत्र २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चैत्र २३ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् भने साधारण सभामा सहभागीता जनाउन पाउनेछन् ।

प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा २०७९ बैशाख ११ गते दियालो लर्डस पर्सा, वीरगञ्जमा दिँउसा १२ः३० बजे बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्