आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न आइएमई लाइफको साधारण सभा वैशाख १४ गते « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न आइएमई लाइफको साधारण सभा वैशाख १४ गते



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत्र २१ बसेको सञ्चालक समितिको बैठकले चौथों वार्षिक साधारण सभा वैशाख १४ गते बिहान ‼ बजे, काठमाडौंमा बोलाएको हो ।

कम्पनीको सभा बेगनास हल, र्याडिशन होटल, काठमाडौंमा बिहान ११ बजे गर्ने छ ।

इन्स्योरेन्स कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले सर्वसाधारणलाई छुट्याएको शेयर जारी गर्ने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ । साथै, यस कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्न आवश्यक देखिएमा सो सम्बनधी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावलीमा फेरबदल गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्