व्यवसायमा वृद्धि भएपछि सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय सर्याे « Arthapath.com
२८ चैत्र २०७८, सोमबार

व्यवसायमा वृद्धि भएपछि सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय सर्याे



ipo

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको कार्यालय परिवर्तन भएको छ । इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय स्थानान्तरण गरिएको हो । इन्स्योरेन्स कम्पनीले केन्द्रीय कार्यालय स्थान परिवर्तन गरिएको जनाएको हो ।

इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ५ मा स्थानान्तरण गरिएको जनाएको छ । 

यसअघि कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका १ कमलादी, काठमाडौंमा रहेको थियो । इन्स्योरेन्स कम्पनीको बीमा व्यवसायमा भएको वृद्धिको कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठिनाइ भई सोही स्थानबाट दैनिक प्रशासनिक कारोबार सञ्चालन गर्न असहज भएकोले कार्यालय स्थानान्तरण गरिएको कम्पनले जनाएको छ । 

प्रधान कार्यालय स्थानान्तरण गर्न बीमा समितिको नियमन शाखाले चैत्र २२ गते स्वीकृति दिएको जनाएको छ । 

अब कम्पनीले बागमती प्रदेश, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ५ (२०५) टङ्गाल मार्ग, टंगालबाट सेवा दिने भएको हो । 


प्रतिक्रिया दिनुहोस्