आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट, ९१ हजार कित्ता बिक्री हुन सकेन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफाँट गरिएको छ । इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर चैत्र २८ गतेका दिन बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा १३ हजार ६८९ जना आवेदक शेयरधनीहरुले ४५ लाख ३९ हजार १४९ कित्ताका लागि आवेदन दिएका थिए ।
इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि चैत्र १३ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता (१०ः४) शेयरको अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीको कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इन्स्योरेन्स कम्पनीको ९१ हजार १९५ कित्ता हकप्रद शेयर बिक्री हुन सकेन् । त्यसैले, यो पटक बिक्री हुन नसकेको शेयर लिलामी प्रकृयाबाट बिक्री गरिनेछ ।
साथै इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आफ्नो कायम हक भन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको नपरेको हकप्रद शेयरवापतको रकम बैशाख २ गते शुक्रबारदेखि आईपीएस मार्फत फिर्ता पठाउने जनाएको छ ।
