सिद्धार्थ इन्स्योरेन्सका शेयरधनी बने मालामाल

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आफ्नो वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा आज चैत्र ३० गते नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौँमा सम्पन्न भएको हो ।
इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक बर्षको नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत अर्थात ८८ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।