प्राइम लाइफमा कर्मचारी आवश्यकता, कसरी दिने आवेदन ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले प्रदेश प्रमुख काठमाडौंको लागि १ जना र ब्रान्च म्यानेजर नक्साल काठमाडौं शाखाका लागि १ जना गरी २ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता बिजनेस म्यानेजमेन्टमामा स्नातक उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख १४ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
