नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानी योग्य अमेरिकी डलर क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी शिलबन्दी पेश गर्नु पर्नेछ । कम्पनीले तोकेको कोटेशन सम्बन्धी फारम (कम्पनीको वेभसाईट मा उपलब्ध) भरी सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र कार्यालय समयमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने सक्नेछन् । साथै प्रस्तावको मान्य अवधि एक महिनाको हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्