सगरमाथा इन्स्योरेन्सको साधारण सभा बैशाख २८ गते, के के छन् एजेण्डा ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सगरमाथा इन्स्योरेन्सको साधारण सभा बैशाख २८ गते, के के छन् एजेण्डा ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा बैशाख २८ गतेका लागि बोलाएको छ । बैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा लैनचौर बैङ्क्वेट लैनचौर काठमाडौंमा सो दिन बिहान १०.३० बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीको हाल कायम गरेको चुक्तापूँजीको १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजन र २० प्रतिशत अर्थात वर्तमान १० शेयर बराबर २ शेयर (१०:२) अनुपातमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०७७।०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनूसूची पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै कम्पनीमा रिक्त रहेकाृ स्वतन्त्र संचालक पदमा संचालक समितिबाट शोभा श्रेष्ठलाई नियुक्त गरिएकोमा सोको अनुमोदन गर्ने कार्य सूची समेत सभामा राखिएको छ ।

प्रबन्धकको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्तापूँजीको ब्यवस्था गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ काया गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । साथै निर्जिवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिईएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने सभा सभाको कार्य सूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले बैशाख १६ गते देखि बैशाख २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । नामसारी सम्बन्धी कागजात शेयर दाखिज बन्द भएको मितिले चार कार्य दिन अर्थात बैशाख २२ गते भित्र कागजात शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाडौमा बुझाउनु गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्