नेपाल लाइफको ५ लाख ९८ हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेपाल लाइफको ५ लाख ९८ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ९८ हजार ९२१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीले बिक्रीमा ल्याएको शेयरको प्रतिकित्ता मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा कानुन बमोजिम उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्