लाभांश पारित गर्दै प्रुडेन्सियल इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
११ बैशाख २०७९, आईतवार

लाभांश पारित गर्दै प्रुडेन्सियल इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज (बैशाख ११ गते) दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सभा सम्पन्न भएको हो ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू समेत पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७–७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण प्रस्ताव समेत पारित गरेको हो ।

साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८ सय १९ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्