प्रुडेन्सियल इन्स्योरेन्सका शेयरधनी मालामाल ! « Arthapath.com
११ बैशाख २०७९, आईतवार

प्रुडेन्सियल इन्स्योरेन्सका शेयरधनी मालामाल !



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको सभा बैशाख ११ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको हो ।

इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्सको हालको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८१९ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्