हिमालयन जनरल इन्स्योरेन्सद्धारा त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

हिमालयन जनरल इन्स्योरेन्सद्धारा त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बैशाख ९ र १० गते काठमाण्डौको गोकर्ण स्थित गोकर्ण फोरेष्ट रिसोर्टमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका सम्पुर्ण शाखा तथा उप शाखा कार्यालय प्रमुख, प्रादेशिक कार्यालय प्रमुख, विभागिय प्रमुखहरु ल्गायत कम्पनीका संचालक समितिका अध्यक्ष, संचालकज्यूहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो । उक्त अवसरमा कम्पनीको तेश्रो त्रैमासिक अवधिको व्यवसायिक उपलब्धिहरुको व्यापक समिक्षा गरिनुको साथै भावी कार्यक्रमहरु समेतमा छलफल गरिएको थियो । कम्पनीले बिशेष गरि नेतृत्व परिवर्तन गरे सँगै व्यवसाय अभिवृद्धिका लागि व्यापक शाखा, उप–शाखा विस्तार लगायतका रणनीति तय गरेको बुझिएको छ ।

गत २०७८ फाल्गुण १ देखि वीमा क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका विजय वहादुर शाहले प्रमुख कार्यकारी अधिकृतको रुपमा उक्त कम्पनीको नेतृत्व सम्हाल्दै आएका छन् । संचालक समितिको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ रहनु भएको छ । नेपालको वीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान र प्रतिष्ठा स्थापित गर्न सफल हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आउंदा दिनहरुमा नेपाली वीमा बजारमा व्यापक उपस्थिति जनाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्