एशियन लाइफको २५ लाख ३९ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

एशियन लाइफको २५ लाख ३९ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शेयर संरचनामा परिर्वतन आएको छ । कम्पनीको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको हो ।

कम्पनीले संस्थापकतर्फको यस अघि कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गरेको हो । १० प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व घटेसँगै अब कम्पनीमा संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव कम्पनीको २०७८ साल साउन ३१ गते सम्पन्न १२ औं वार्षिक साधारण सभामार्फत पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्