पूँजी बृद्धिको योजना पेश गरेपछि निर्जीवन बीमाका सीईओ र अध्यक्षलाई बोलायो बीमा समितिले « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

पूँजी बृद्धिको योजना पेश गरेपछि निर्जीवन बीमाका सीईओ र अध्यक्षलाई बोलायो बीमा समितिले



काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई बोलाएको छ । बिहीबार साढे ३ बजे एक होटलमा पूँजी बृद्धि सम्वन्धि छलफल गर्नका लागि बोलाएको बीमा समितिले जानकारी दिएको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति अध्यक्ष र संस्थापक शेयरधनीहरुबाट प्रतिनिधत्व गर्ने एक जनालाई छलफलका लागि बोलाएको हो ।

बीमा समितिले बीमा कम्पनीको पूँजी बृद्धिका लागि योजना पेश गर्न गत चैत १० गते पूँजी वृद्धि गर्न निर्देशन दिएको थियो । जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन बीमा समितिले निर्देशन दिएको थियो ।

एक महिना भित्र बीमा कम्पनीहरुलाई पूँजी बृद्धिको योजना पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही बमोजिम बीमा कम्पनीहरुले योजना पनि पेश गरेका छन् ।

बिहीबार बीमा समितिले भने निर्जीवन बीमा कम्पनीका सञ्चालक तथा सीईओहरुलाई मात्रै छलफलका लागि बोलाएको हो । बीमा कम्पनीहरुले पूँजी बृद्धिको योजना पेश गरेका छन् । उक्त योजनाका बारेमा छलफल गर्न सीईओ, अध्यक्ष र संस्थापकबाट एक जना प्रतिनिधि मात्रै बोलाएको एक सीईओले जनाए । आफूहरुले पूँजी बृद्धि गर्नका लागि समय थप गर्नुपर्ने माग राखेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्