पुराना इन्स्योरेन्सलाई टक्कर दिने बनाएका अजोडका सीईओ खत्रीले झण्डै २ करोड रुपैयाँ पारिश्रमिक बुझे « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

पुराना इन्स्योरेन्सलाई टक्कर दिने बनाएका अजोडका सीईओ खत्रीले झण्डै २ करोड रुपैयाँ पारिश्रमिक बुझे



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार बहादुर खत्रीको कार्यकाल थप गरेको छ । इन्स्योरेन्स कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले सीईओ खत्रीको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय गरेको हो ।

४ बर्ष अघि सीईओमा नियुक्त भएका खत्रीले पहिलो कार्यकालमा कम्पनीलाई निर्जीवन कम्पनीमध्ये कै अब्बल बनाउन सफल भएका छन् । सीईओ खत्रीले त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर गरेका छन् । खत्री नेपालले नेपाल इन्स्योरेन्स कम्पनीको विकाश अधिकृत हुदै इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए ।

साढे दुई दशक भन्दा बढी इन्स्योरेन्स क्षेत्रको अनुभव संगालेका खत्री एनबि इन्स्योरेन्स (हालको आइएमई जनरल इन्स्योरेन्स) को व्यवस्थापकीय तह तथा लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा समेत काम गरेका थिए ।

इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४–७५ मा प्रमुख कार्यकारी अधिकृतदेखि प्रबन्धक तहसम्मका पदाधिकारीलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत १३ लाख ५२ हजार ५५१ रुपैयाँ बुझेका थिए । जसमा सीईओ खत्रीले पारिश्रमिक वापत २ लाख ९७ हजार ९१६ रुपैयाँ र बैठक भत्ता वापत २६ हजार रुपैयाँ गरी कूल ३ लाख २३ हजार ९१६ रुपैयाँ बुझेका थिए ।

त्यस्तै, आर्थिक बर्ष २०७५–७६ मा सीईओ खत्रीले तलव वापत ३६ लाख ५० हजार रुपैयाँ र बैठक भत्ता वापत ४ लाख ८७ हजार रुपैयाँ गरी कूल ४१ लाख ३७ हजार रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

त्यस्तै, आर्थिक बर्ष २०७६–७७ मा सीईओ खत्रीले तलव वापत ३८ लाख ६० हजार ५ सय रुपैयाँ बुझेका थिए । तर यसमा बैठक भत्ता वापतको रकम भने समावेश गरिएको छैन् ।

त्यस्तै, आर्थिक बर्ष २०७७–७८ मा सीईओ खत्रीले तलव भत्ता वापत ४१ लाख ४० हजार ५ सय रुपैयाँ र कर्मचारी बोनस वापत ३ लाख ५६ हजार २७७ रुपैयाँ गरी कूल ४४ लाख ९६ हजार ७७७ रुपैयाँ बुझेका थिए ।

इन्स्योरेन्स कम्पनीले ४ बर्षको अवधिमा सीईओ खत्रीलाई २ करोड रुपैयाँ पारिश्रमिक दिएको छ । कम्पनीले ४ बर्षको अवधिमा १ करोड २८ लाख १८ हजार १९३ रुपैयाँ पारिश्रमिक प्रदान गरेको हो । यस तथ्याङ्कमा चालु आर्थिक बर्षको पारिश्रमिक भने समावेश गरिएको छैन् । गत आर्थिक बर्ष २०७७–७८ मा झण्डै ४५ लाख रुपैयाँ बुझेका सीईओ खत्रीले चालु आर्थिक बर्षमा ५० लाख भन्दा बढी पारिश्रमिक बुझ्ने देखिन्छ । त्यसैले उनले आफ्नो ४ बर्षे कार्यकालमा कम्पनीबाट झण्डै २ करोड रुपैयाँ पारिश्रमिक बुझ्ने देखिन्छ । सीईओ खत्रीले कम्पनीलाई निर्जीवन बीमा कम्पनी मध्ये कै उत्कृष्ट बनाउन सफल भएका छन् । सीईओ खत्रीले ४ बर्षको अवधिमा पुराना कम्पनीलाई पनि टक्कर दिने अवस्थामा पुर्याएका छन् । सीईओ खत्रीको ४ बर्षको कामको मुल्याङ्कका आधारमा नै पुनः सीईओमा नियुक्त गरेका हुन् । कम्पनीलाई सीईओ खत्रीले अझै अब्बल र दिगो बनाउने सञ्चालकहरुको विश्वास रहेको छ ।


प्रतिक्रिया दिनुहोस्