आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै हकप्रद शेयरमा आवेदन दिने बैशाख २१ गते बुधबार बैकिङ समयसम्म हुने जनाएको हो ।

बैशाख २० गते आवेदन दिने अन्तिम दिन भनिएको भएपनि आज ईदको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिए पछि आवेदन दिने मिति १ दिन थपेको हो । इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर गरी कूल ९१ हजार १९५ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्