लाभांश पारित र मर्जर प्रस्ताव सहित एभरेष्ट इन्स्योरेन्सको साधारण सभा बुधबार बस्दै « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

लाभांश पारित र मर्जर प्रस्ताव सहित एभरेष्ट इन्स्योरेन्सको साधारण सभा बुधबार बस्दै



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बुधबार (बैशाख २१ गते) बस्दैछ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक साधारण सभा बैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा दिउसो २ बजे बस्ने गरी बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद गरी कूल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव पारित गर्ने र कम्पनीको चुक्ता पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव पारित गर्ने छ ।

संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी बमूह (ख) बाट २ जना संचालकहरुको निवाचन गर्नेछ ।

निजीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता प्रदान गर्नेछ ।

इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ २०७९ बैशाख १२ गते बुक क्लोज गरेको छ । त्यसैले, २०७९ बैशाख ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्