आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन आज (बैशाख २१ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २१ गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर गरी कूल ९१ हजार १९५ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्