महालक्ष्मी लाईफको नाफा ८.४० प्रतिशत बढ्दा बीमा शुल्क १ अर्ब बढी आर्जन, दाबी भुक्तानी ३४२.८० प्रतिशत छलाङ « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

महालक्ष्मी लाईफको नाफा ८.४० प्रतिशत बढ्दा बीमा शुल्क १ अर्ब बढी आर्जन, दाबी भुक्तानी ३४२.८० प्रतिशत छलाङ



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ८.४० प्रतिशत बढेर ७ करोड २४ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ६८ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन ४२.२२ प्रतिशत बढेर १ अर्ब ११ करोड ५४ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ४२ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३४२.८० प्रतिशत बढेर १२ करोड ५१ लाख २४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ करोड ८२ लाख ५७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष ३६.९५ प्रतिशत बढेर २२ करोड २ लाख २८ हजार रुपैयाँ, जीवन बीमा कोष ४८.३४ प्रतिशत बढेर १ अर्ब ९८ करोड १९ लाख ७० हजार रुपैयाँ र महाविपत्ती कोष ५५.८६ प्रतिशत बढेर २ करोड ७८ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

९ महिनाको अवधिमा कम्पनीको दिर्घकालीन लगानी तथा कर्जा २ अर्ब ६७ करोड ६६ लाख २ हजार रुपैयाँ, बीमा लेखको धितोमा कर्जा २० करोड ४४ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्स कम्पनीले हालसम्म कुल बीमा शुल्क ३ अर्ब ३८ करोड २७ लाख ९४ हजार रुपैयाँ र कुल दाबी भुक्तानी १३ करोड १७ लाख ७ हजार रुपैयाँ रहेको छ । कम्पनीको १४ वटा दाबीको ४ लाख ३६ हजार रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ ।

इन्स्योरेन्सको कुल कायम रहेको बीमा लेखको संख्या ३६ हजार ५५५ र कुल जारी बीमालेखको संख्या ३ हजार ८७ वटा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्