ज्योति लाईफ इन्स्योरेन्सको खुद नाफा ७०.९९ प्रतिशतले बढ्दा बीमा शुल्क साढे २ अर्ब, अधिकांश सूचकमा सुधार « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

ज्योति लाईफ इन्स्योरेन्सको खुद नाफा ७०.९९ प्रतिशतले बढ्दा बीमा शुल्क साढे २ अर्ब, अधिकांश सूचकमा सुधार



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमामा खुद नाफा ७०.९९ प्रतिशतले बढेर २० करोड ६५ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क आर्जन १५.१९ प्रतिशत बढेर २ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २८ करोढ ६९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

साथै खुद बीमा शुल्क आर्जन १२.७९ ले बढेर २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा खुद बीमा शुल्क आर्जन २ अर्ब २१ करोड ९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी १९० प्रतिशतले बढेर १८ करोड ८६ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६ करोड ४९ लाख रुपैयाँमा सिमित रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ, जगेडा कोषमा ५६ करोड ६८ लाख ४७ हजार, जीवन बीमा कोष ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ, महा विपत्ती कोष ३२.९९ प्रतिशतले बढेर ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्मको अवधिमा कम्पनीको दिर्घकालीन लगानी तथा कर्जा ६ अर्ब ४२ करोड ९५ लाख ५६ हजार र बीमा लेखको धितोमा कर्जा ७१ करोड ८७ लाख १८ हजार रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्