सिद्धार्थ इन्स्योरेन्सको खुद नाफामा सामान्य सुधार, खुद बीमा शूल्क १३ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो ? « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफामा सामान्य सुधार, खुद बीमा शूल्क १३ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो ?



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १.९८ प्रतिशतले बढेर १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १७ करोड ७४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ९.०७ प्रतिशतले बढेर २ अर्ब ५० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क १ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

चैत समान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शूल्क आर्जन १२.७९ प्रतिशतले बढेर ८३ करोड ६६ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शूल्क आर्जन ७४ करोड १७ लाख ४९ हजार रुपैयाँमा सिमित रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र जगेडा तथा कोष २५ करोड ३९ लाख ३४ हजार रुपैयाँ, बीमा कोषमा १ अर्ब ९ करोड ४५ लाख ८ हजार रुपैयाँ, महा विपत्ती जगेडामा ८ करोड ५३ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा दीर्घकालीन लगानी तथा कर्जामा ५७ करोड ४६ लाख ७८ हजार रुपैयाँ र यस अवधिमा कम्पनीले ५१ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ३२ पैसा र मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ०६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्