शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन, प्रतिकित्ता १ सय रुपैयाँ ! « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन, प्रतिकित्ता १ सय रुपैयाँ !



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलेको अवितरित हकप्रद शेयरमा आवेदन दिने सोमबार (बैशाख २६ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०.८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

इन्स्योरेन्स कम्पनीले चैत १ गतेदेखि चैत्र २१ गतेसम्म १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । इन्स्योरेन्स कमपनीले १ सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

अवितरित हकप्रद शेयरको मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो मूल्यभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । इन्स्योरेन्स कम्पनीको शेयरमा न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयरमा एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं, तथा शाखा कार्यालयहरु पुथलिसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगञ्ज र गोल्छाचोक विराटनगर बाट आवेदन दिन सकिन्छ । साथै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन पेश गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्