एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड, अन्य सूचांक कस्तो « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड, अन्य सूचांक कस्तो



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा १.०७ प्रतिशतले बढेर १८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १८ करोड २१ लाख ११ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ प्रतिशतले बढेर ५ अर्ब ११ करोड ४६ लाख १७ हजार रुपैयाँ रहको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ४ अर्क ५९ करोड ९ लाख ७० हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६०.६५ प्रतिशतले बढेर १ अर्ब १६ करोड ६ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबीभ भुक्तानी ७२ करोड २४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ४१ प्रतिशतले घटेर ४२ करोड ८२ लाख ६६ हजार रुपैयाँ, महाविपत्ती कोष ३१.६७ प्रतिशतले बढेर ११ करोड ९६ लाख ३५ हजार रुपैयाँ, जीवन बीमा कोष २१.९० प्रतिशतले बढेर ३० अर्ब ९८ करोड ७६ लाख ४२ हजार रुपैयाँ, अभिकर्ता कमिशन १० प्रतिशतले बढेर ६२ करोड ८ लाख ५३ हजार रुपैयाँ र ब्यवस्थापन खर्च ९.५१ प्रतिशतले घटेर ४६ करोड ४१ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्