राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क आर्जन ७ अर्ब, अधिकांश सूचांकमा सुधार « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क आर्जन ७ अर्ब, अधिकांश सूचांकमा सुधार



काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा २.१६ प्रतिशतले बढेर ४ करोड ९६ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड ८६ लाख २८ हजार रुपैयाँमा सिमित रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद बीमा शुल्क ७ प्रतिशतले बढेर ७ अर्ब २७ करोड ६४ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क ६ अर्ब ७७ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २२.८९ प्रतिशतले बढेर ३ अर्ब १२ करोड ३८ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब ५४ करोड २० लाख २९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष १७ प्रतिशतले बढेर ३९ करोड १८ लाख ८ हजार रुपैयाँ, जीवन बीमा कोष २०.२३ प्रतिशतले बढेर ३९ अर्ब ९९ लाख १६ हजार रुपैयाँ, अभिकर्ता कमिशन ३२ प्रतिशतले घटेर १४ करोड २४ लाख ८ हजार रुपैयाँ र ब्यवस्थापन खर्च २४.३७ प्रतिशतले बढेर १७ करोड ७८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्