तीन जीवन बीमा कम्पनीले मर्जरमा जाने सम्झौता « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

तीन जीवन बीमा कम्पनीले मर्जरमा जाने सम्झौता



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरका लागि सम्झौता छ । आज एक कार्यक्रबीच उक्त समझदारी भएको हो ।

आपसमा मर्जरमा जाने उक्त समझदारी पत्रमा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्याल, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवालले हस्ताक्षर गरेका हुन ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । गत साता हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभिने एमओयू गरेका छन् ।

कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भुमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बिमितको हित संरक्षण गर्ने उदेश्य तीनै कम्पनीले लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्