मर्जरमा जाने सहमति भएका ३ जीवन बीमा कम्पनीको यस्तो छ वित्तीय विवरण, कुन कम्पनीको कस्तो हेर्नुहोस् « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

मर्जरमा जाने सहमति भएका ३ जीवन बीमा कम्पनीको यस्तो छ वित्तीय विवरण, कुन कम्पनीको कस्तो हेर्नुहोस्



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरका लागि सम्झौता छ । बिहिबार आपसमा मर्जरमा जाने उक्त समझदारी पत्रमा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्याल, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवालले हस्ताक्षर गरेका हुन ।

चालु आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्म प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

तीन वटै बीमा कम्पनी गाभिएपछि कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।लाभांश भने प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ मा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.८७ प्रतिशत गरि जम्मा १५.८७ प्रतिशत, गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ मा बोनस ५.५ प्रतिशत र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नदल ५.७९ प्रतिशत लाभांश दिएको छ भने युनियन लाइफ इन्स्योरेन्स नयाँ कम्पनी भएका कारण लाभांश दिएको छैन ।

गुँरास लाइफ इन्स्योरेन्स

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद नाफा २६.१८ प्रतिशतले बढेर १३ करोड १६ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीका खुद बीमा शुल्क २१.९९ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ४९ लाख ७३ हजार रुपैंयाँ, खुद दाबी भुक्तानी १६२.७२ प्रतिशतले बढेर १ अर्ब १६ करोड ६१ लाख ४८ हजार रुपैयाँ, जगेडा कोषमा ४.८० प्रतिशतले बढेर ५४ करोड ८२ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष १९.२१ प्रतिशतले बढेर १२ अर्ब ६ करोड ३९लाख ६५ हजार रुपैयाँ र महाविपत्ती जगेडा २६.६२ प्रतिशतले बढेर ७ करोड ७ लाख ४ हजार रुपैयाँ, दीर्घकालीन लगानी कर्जा २ अर्ब ७३ करोड २१ लाख ७७ हजार रुपैयाँ, बीमालेखको धितोमा कर्जा ९७ करोड ९० लाख २६ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ४५.१९ प्रतिशतले घटेर २ करोड २४ लाख ४४ हजार रुपैयाँ रहेको छ ।प्रतिशेयर आम्दानी (बार्षिक) ८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२८ रुपैयाँ छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको खुद नाफा १७.०९ प्रतिशतले घटेर १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ, खुद बीमा शुल्क आर्जन १३.५८ प्रतिशतले ३ अर्ब ४९ करोड ४६ हजार २२ हजार रुपैयाँ, खुद दाबी भुक्तानी १५.२१ प्रतिशतले बढेर ९२ करोड ९६ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष १९ प्रतिशतले घटेर ५० करोड ५४ लाख ८८ हजार रुपैयाँ, जीवन बीमा कोष २५.९० प्रतिशतले १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रुपैयाँ, महाविपत्ती कोष १९.७० प्रतिशतले बढेर १७ करोड ६७ लाख ५९ हजार रुपैयाँ, ब्यवस्थापन खर्च २.५४ प्रतिशतले बढेर ४४ करोड ७५ लाख ८१ हजार रुपैयाँ, अभिकर्ता कमिशन ७ प्रतिशतले घटेर ३२ करोड ३८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) ९ रुपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ ।

युनियन लाइफ इन्स्योरेन्स

कम्पनी चालु आर्थिक वर्ष तेस्रो त्रैमासम्ममा कम्पनीको खुद ६६.९४ प्रतिशतले घटेर २ करोड ७२ लाख ७४ हजार रुपैयाँ, खुद बीमा शुल्क १८ प्रतिशतले बढेर ५ अर्ब ९९ करोड ८२ लाख ९४ हजार रुपैयाँ, खुद दाबी भुक्तानी ६१.३१ प्रतिशतले बढेर २ अर्ब ३५ करोड ४६ लाख ९५ हजार रुपैयाँ, जगेडा कोष ४९.५४ प्रतिशतले बढेर १ अर्ब ९ करोड २७ लाख २७ हजार रुपैयाँ, जीवन बीमा कोष ४९.८९ प्रतिशतले बढेर १० अर्ब ३४ करोड २९ लाख ५४ हजार रुपैयाँ, महाविपत्ती कोष ४९.५४ प्रतिशतले बढेर १२ करोड १४ लाख १४ हजार रुपैयाँ, दिर्घकालीन लगानी तथा कर्जा १० अर्ब ४२ करोड ३० लाख १३ हजार रुपैयाँ र बीमालेखको धितो कर्जा ९५ करोड ५२ लाख ६ हजार रुपैयाँ, कमिशन ९६ करोड ४९ लाख ६७ हजार रुपैयाँबाट घटेर ९३ करोड ७४ लाख १६ हजार रुपैयाँ र ब्यवस्थापन खर्च ७० करोड ५० लाख रुपैयाँबाट घटेर ६८ करोड १८ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

युनियन लाइफको प्रतिशेयर आम्दानी (बार्षिक) रु १।६९, प्रतिशेयर नेटवर्थ रु १५६।४७ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रु ६८० रहेको छ।


प्रतिक्रिया दिनुहोस्