नेपाल लाइफ इन्स्योरेन्सको बीमा कोष २२ प्रतिशतले बढ्यो, अन्य सूचांक कस्तो « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

नेपाल लाइफ इन्स्योरेन्सको बीमा कोष २२ प्रतिशतले बढ्यो, अन्य सूचांक कस्तो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको खुद बीमा शुल्क ४ प्रतिशतले बढेर २५ अर्ब ९७ करोड ९९ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४५.३७ प्रतिशतले बढेर १० अर्ब ६० करोड ८६ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७ अर्ब २९ करोड ७४ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको जीवन बीमा कोष पनि २१.८८ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब १६ करोड २७ लाख २१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद नाफा १३८.४० प्रतिशतले घटेर १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष ६० प्रतिशतले घटेर ४४ करोड ४९ लाख ६५ हजार रुपैयाँ, महाविपत्ती कोष २.५२ प्रतिशतले बढेर ७२ करोड १८ लाख ६४ लाख, अभिकर्ता कमिशन ७ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ४६ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४१ पैसा, प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ०३ पैसा र प्रतिशेयर कु सम्पत्तिको मूल्य १ हजार ७७४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्