निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब १९ करोड, शिखरलाई पछ्याउँदै सगरमाथा, नेकाे र सिद्धार्थ, कसकाे कति? « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब १९ करोड, शिखरलाई पछ्याउँदै सगरमाथा, नेकाे र सिद्धार्थ, कसकाे कति?



एनएलजी पाँचाैमा, मर्जरमा एमओयू गरेकाे हिमालयन साताैंमा उक्कलियाे

काठमाडौं । चालु आर्थिक बर्षको बैशाख महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्याङ्क अनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुmे ३१ अर्ब १९ करोड ७१ लाख २३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

चालु आर्थिक बर्षको १० महिनासम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ४ अर्ब १३ करोड १८ लाख ३० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ५९ करोड ६० लाख ४२ हजार रुपैयाँ, तेस्रोमा नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ४१ करोड ४७ लाख ४६ हजार रुपैयाँ, चौंथोमा सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ७ करोड ४० लाख ७० हजार रुपैयाँ, पाँचौमा एनएलजी इन्स्योरेन्सले १ अर्ब ९३ करोड ४१ लाख ६६ हजार रुपैयाँ र छैटौंमा प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७३ करोड ८५ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरो छन् ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ५१ करोड ५२ लाख ८६ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४८ करोड १८ लाख ३४ हजार रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ३७ करोड ७८ लाख ७९ हजार रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ३३ करोड ८४ लाख ९७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब २८ करोड ९० लाख ७६ हजार रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले १ अर्ब २८ करोड २५ लाख ३३ हजार रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ६७ लाख २७ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १७ करोड ६९ लाख ३३ हजार रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब १३ करोड ५१ लाख ९१ हजार रुपैयाँ, प्रुडेन्सियल १ अर्ब ८ करोड ६९ लाख ८० हजार रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४ करोड २० लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा पनि विभिन्न ३ कम्पनीको कुल बीमाुशल्क करोड क्लबमा रहेका छन् । जसमा सानिमा जनरल इन्स्योरेन्सले ८० करोड ९२ लाख ६८ हजार रुपैयाँ, जनरल इन्स्योरेन्सले ७५ करोड ९८ लाख ९५ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७४ करोड ५४ लाख ९२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बैशाख महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५२ करोड ४५ लाख १२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्