नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार (जेठ १६ गते)अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि जेठ १७ गते देखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले जेठ १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ७३औं वार्षिक साधारण सभा जेठ ३० गतेको नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने बोलाएको छ ।

साथै, सभाले गत आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको बासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न, कम्पनीको अधिकृत पूँजी २ अर्ब बाट २.६ अर्ब पुराउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (क) मा भएको अधिकृत पूँजी सम्बन्धी ब्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र संचालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण शेयरधनी समूहबाट २ जना संचालन निर्वाचन गर्ने कार्य सूचि समेत सभाको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्