नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
इन्स्योरेन्सले ब्रान्च म्यानेजरमा १ जना र सुपरभाइजर/सिनियर सहायक/सहायकमा १० जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक स्नातकोत्तर सम्मको माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मितिले एक महिना भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
