सिद्धार्थ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले कर्णाली प्रदेशका लागि अफिसर/सिनियर अफिसर-मार्केटिङ-हेडमा १ जना, बाग्मति प्रदेशको कालिमाटी, सामाखुसी र चाबाहिल गण्डकी प्रदेशका लागि पोखरा तथा लुम्बिनी प्रदेशका लागि बुटवल, भैरहवा, नेपालगन्ज र तुलसीपुरका लागि जुनियर अफिसर /अफिसरमा मार्केटिङमा कर्मचारी माग गरेको हो ।
त्यस्तै, जुनियर असिस्टेन्ट /असिस्टेन्ट /सिनियर असिस्टेन्टमा प्रदेशमा १ मा बिर्तामोड, इटहरी, विरगंज, इनरुवा, भोजपुर, धरान, बिराजचोक मधेश प्रदेशका लागि मिरचैया, लालबन्दी, गोलबजार, विरगंज वागमती प्रदेशका लागि बनेपा, जोरपाटी, न्युरोड, गण्डकी प्रदेश अन्तर्गत दमौली, कुश्मा, वालिङ र दुलेगौडा, लुम्बिनी प्रदेशका लागि दाङ, गुलरिया, चन्द्रौटा, कोहलपुर, बिजुवार र नेपालगंज, कणार्ली प्रदेशका लागि जाह्रे र सुर्खेत र सुदुरपश्चिम प्रदेशका लागि अत्तरीया, लम्कि र धनगढीमा केही संख्यामा कर्मचारी मागेको हो ।
साथै, केन्द्रिय कार्यालय र केही शाखाका लागि असिस्टेन्ट/सिनियर असिस्टेन्ट-मार्केटिङ-स्वास्थ्य इन्स्योरेन्समा केही संख्यामा र जुनियर असिस्टेन्ट । असिस्टेन्ट मार्केटिङ क्रप्स एण्ड क्याटलमा बुटव, नारायणघाट र पृथ्वी चोक पोखरामा कर्मचारी मागेको हो ।
जसका लागि शैक्षिक योेग्यता विभिन्न विषय लिई स्नातकोत्तर उत्तिर्ण गरेको तथा वित्तीय संस्थाबाट अनुभव बटुलेको कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १ गते) ले १५ दिन भित्र इन्स्योरेन्सको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।
