मर्जर प्रस्ताव पारित गदैं एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सम्पन्न « Arthapath.com
२ असार २०७९, बिहीबार

मर्जर प्रस्ताव पारित गदैं एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सम्पन्न



काठमाडैं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग मर्जरमा जाने प्रस्ताव पारित गदैं एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । असार २ गते बिहिबारका दिन अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको सभाले एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मुल्याङ्कन कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको हो । सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ ।

नेपालको बीमा सम्बन्धी नियमकारी निकाय बीमा समितिबाट बीमा कम्पनीहरुको पूँजी बृद्धि सम्बन्धी निर्देशन बमोजिम मर्जर प्रक्रियालाई नेपालको बीमा क्षेत्र कै पहिलो मर्जरको रुपमा लिईएको छ ।


प्रतिक्रिया दिनुहोस्