पत्रकार सम्मेलनमा बीमा समितिका हाकिमहरु सहभागी « Arthapath.com
६ असार २०७९, सोमबार

पत्रकार सम्मेलनमा बीमा समितिका हाकिमहरु सहभागी



काठमाडौं । कुनै क्षेत्रका नियामक निकाय कडा रुपमा एक्सनमा काम गरिरहेका छन् भने कुनै नियामक निकाय मञ्च र कार्यक्रममै रमाउने गरेका छन् ।

साेमबार एक निजी जीवन बीमा कम्पनीकाे रेगुलर कामकाे रूपमा रहेकाे नयाँ बीमा पमेलिसि सार्वजनिक कार्यक्रममा बीमा समितिका हाकिमहरू सहभागी भएका हुन् । रिलायन्स लाईफ इन्स्याेरेन्सकाे नयाँ प्रडक्ट सार्वजनिक कार्यक्रममा आफ्नाे कामनै छाेडेर हाकिमहरू सहभागी भएका हुन ।

यता बीमा कम्पनीहरुको नियामक निकाय भने कार्यक्रममा नै व्यस्त रहेको छ । स्वार्थ समूहका पछि लागेर हालसम्म कै कमजोर अवस्थामा पुगेको बीमा समितिका उच्च पदाधिकारीहरु भने कार्यक्रममा मात्रै व्यस्त रहेका छन् ।

बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएपछि बीमा क्षेत्रमा ठूलै चहलपहल बढेको छ । उनको कार्यकालमा नीति नियम परिवर्तनदेखि नयाँ कम्पनीले लाइसेन्ससम्म पाएका छन् । बीमा समितिले नयाँ पुर्नबीमा कम्पनीको लाइसेन्स प्रदान गर्याे । स्वार्थ समूहका पछि लागेर बीमा समितिले हिमालयन रि इन्स्योरेन्सलाई पुनर्बीमा सम्बन्धी लाइसेन्स मात्रै होइन नेपाल रिइन्स्योरेन्सको व्यवासाय नै खोसेको छ ।

नियमक निकाय बीमा समिति यस्तै यस्तै कारणले विवादमा आएको छ । त्यस्तै, बीमा समितिका उच्च तहका कर्मचारी एउटा कम्पनीको प्रोडक्ट लञ्चमा उपस्थित भएका छन् । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल एक जीवन बीमा कम्पनीले सोमबार आयोजना गरेको प्रोडक्ट लञ्च पत्रकार सम्मेलनमा उपस्थित भएका हुन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार नयाँ प्रोडक्ट लञ्च गरेको प्रेस कन्फ्रेन्समा बीमा समितिका हाकिमहरु नै उपस्थित भएका हुन् । रिलायन्स लाइफले रिलायन्स मेरो सुनिश्चित प्रतिफल बीमा योजना नामक नयाँ प्रोडक्ट सार्वजनिक गरेको पत्रकार सम्मेलनमा समेत अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक नै उपस्थित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्